काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आवान गरेको छ। संस्थाले नवौँ वार्षिक साधारण सभा आह्वान गरेको हो। फागुन १५ गते बसेको सञ्चालक समिति बैठकले कास्कीमा बस्नेगरी साधारण सभा बोलाएको हो।
संस्थाले गत आर्थिक वर्षको लागि कुनै पनि प्रकारको लाभंश नदिने गरी वार्षिक साधारण सभा आह्वान गरेको हो। आगामी सभाले मर्जरमा जानेसम्बन्धी प्रस्ताव आएमा सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
कम्पनी संस्थाले सो साधारण सभा प्रयोजनका लागि चैत ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।



About Us
प्रतिक्रिया