काठमाडौं – हुवावे इन्टरप्राइजले बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै एकीकृत अत्याधुनिक सूचना तथा सञ्चार प्रविधि (आइसिटी) पूर्वाधार सार्वजनिक गरेको छ। कम्पनका अनुसार यस पूर्वाधारमा उच्च कार्यसम्पादन क्षमता भएको स्टोरेज, डाटा सेन्टर भर्चुअलाइजेसन समाधान (डिसिएस)सहितको क्लाउड पूर्वाधार र डाटा सेन्टर नेटवर्कको सुविधा उपलब्ध हुनेछ।
नेपालका बैंक तथा वित्तीय क्षेत्र डिजिटल बैंकिङ, मोबाइल वालेट, रियल–टाइम भुक्तानी, अनलाइन कर्जा तथा फिनटेक सेवाको तीव्र विस्तारसँगै पूर्ण डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको छ। हुवावे इन्टरप्राइजेजले ल्याएको यो पूर्वाधारले बैंक तथा वित्तीय संस्थालाई २४सै घण्टा सेवा उपलब्ध गराउन थप सहज बनाउने कम्पनीको भनाइ छ। उक्त पूर्वाधारको प्रयोग गरी रियल–टाइम कारोबार, डाटा सुरक्षा, नियामकीय पालना तथा सहज ग्राहक अनुभव सुनिश्चित गर्न सहज हुनेछ।
हुवावे इन्टरप्राइज स्टोरेजले रियल–टाइम कारोबारका लागि अल्ट्रा–हाइ आइओपिएस र न्यून लेटेन्सी उपलब्ध गराउँछ। गार्टनरको मूल्यांकनअनुसार उक्त एकीकृत पूर्वाधारले तीनवटा सूचकमध्ये पहिलो र अन्य दुई सूचकमा दोस्रो स्थान हासिल गरेको छ ।
वित्तीय क्षेत्रमा डाउनटाइम स्वीकार्य हुँदैन। सोही विषयलाई ध्यानमा राख्दै हुवावेले ल्याएको नयाँ पुस्ताका अल फ्ल्यास इन्टरप्राइजेज स्टोरेजको सुविधाले वित्तीय स्तरको विश्वसनीयता ९९.९९९९९ प्रतिशत कायम राख्ने जनाइएको छ। कम्पनीका अनुसार उक्त सेवामा सातवटा कन्ट्रोलरले काम नगरेको अवस्थामा पनि सेवा भने निरन्तर चलिरहने छ।
हुवावेका अनुसार यस एकीकृत सेवामा उच्च स्तरको डाटा सुरक्षा तथा ब्याकअप सुविधा समावेश गरिएको। जसले नियामकीय पालना र व्यावसायिक निरन्तरतामा सहयोग पुऱ्याउँछ। हुवावेको उक्त सेवाले टोली ग्रुपबाट मान्यता प्राप्त गरिसकेको छ। यस संरचनामा ठगी पहिचान, जोखिम विश्लेषण र डाटा विश्लेषणमा पनि सहयोग पुर्याउने जनाइएको छ।
पछिल्लो समय हाइब्रिड तथा प्राइभेट क्लाउडतर्फ उन्मुख नेपालका बैंक तथा वित्तीइ संस्थाका लागि हुवावेले ल्याएको यो डाटा सेन्टर सोलुसनले सहज र विस्तारयोग्य पूर्वाधारको सुविधा उपलब्ध गराएको छ। यसले कम्प्युट, स्टोरेज र नेटवर्किङलाई एउटै क्लाउड प्लेटफर्ममा एकीकृत गर्दै भर्चुअलाइजेसन र केन्द्रीय व्यवस्थापन गर्छ। डिसिएसले नयाँ डिजिटल सेवा र फिनटेक एप्लिकेसन छिटो तैनाथ गर्न सहयोग पुऱ्याउने, जटिलता घटाउने र आईटी लगानीलाई प्रभावकारी बनाउने बताइएको छ।
डिजिटल बैंकिङ सेवाको तीव्र विस्तारसँगै सुरक्षित र उच्च गतिको नेटवर्क पूर्वाधार अपरिहार्य बन्दै गएको छ। हुवावेको क्याम्पस र डाटा सेन्टर नेटवर्क समाधानले मुख्यालय, शाखा र डाटा सेन्टरबीच सुरक्षित तथा तीव्र कनेक्टिभिटी उपलब्ध गराउने कम्पनीको भनाइ छ। यसमा एसडी वान, ट्राफिक व्यवस्थापन तथा एआई–आधारित नेटवर्क व्यवस्थापनको पनि सुविधा छ । जसले प्रयोगकर्तालाई सहज सेवा दिनुका साथै समस्या पहिचान र समाधानलाई सहज बनाउँछ। साथै, सशक्त साइबर सुरक्षाले संवेदनशील वित्तीय डाटाको संरक्षण सुनिश्चित गर्छ।
सन् २०२६ को सुरुवातमा हुवावे नेपालले काठमाडौंमा विशेष इन्टरप्राइज आइसिटी कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बैंकका नेतृत्व, आइसिटी प्रमुख तथा उद्योग विज्ञहरू सहभागी थिए। कार्यक्रममा उच्च कार्यसम्पादन स्टोरेज, डिसिएस क्लाउड पूर्वाधार र एआइ नेटवर्क समाधानले कसरी एकीकृत रूपमा नेपालको वित्तीय क्षेत्रका लागि सुरक्षित, विस्तारयोग्य आधार तयार गर्न सक्छ भन्ने विषयमा प्रस्तुति र छलफल गरिएको थियो।



About Us
प्रतिक्रिया