काठमाडौं – इरानमाथि अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीपछि अन्तर्राष्ट्रिय बजारमा सुन र कच्चा तेलको मूल्य झनै उच्च भएको छ। यसअघिदेखि नै निरन्तर बढेर प्रतिऔंन्स ५ हजार अमेरिकी डलर हाराहारी रहेको सुनको मूल्य झनै बढेको हो।
गोल्ड प्राइस डटकमका अनुसार यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १००.५८ अमेरिकी डलर बढेर ५२७८ अमेरिकी डलर पुगेको छ। यो १.९८ प्रतिशतको वृद्धि हो। सुनको मूल्य यसअघिदेखि नै निरन्तर बढ्दै आएको थियो।
चीनसहित विश्वभरका केन्द्रीय कार्यालयले निरन्तर सुनमा लगानी गर्दा मूल्य आकाशिँदो थियो। यस्तै, कच्चा तेलको मूल्य समेत बढेको छ। ओइलप्राइसका अनुसार ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल २.८७ प्रतिशतले बढेर ७२.८७ अमेरिकी डलर पुगेको छ।
यस्तै, डब्लूटीआईको मूल्य २.७८ प्रतिशत बढेर ६७.०२ अमेरिकी डलर पुगेको छ भने प्राकृतिक ज्ञासको मूल्य प्रतिब्यारेल १.१३ प्रतिशत बढेर २.८५ अमेरिकी डलर पुगेको छ।



About Us
प्रतिक्रिया