आज सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेकाे हो। यससँगै आज सुन तोलामा ३ लाख २० हजार ५ सय रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला सुन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २४५ रुपैयाँले बढेको हो।

आज चाँदी तोलामा ५ हजार ९८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ७४० रुपैयाँमा किनबेच भएको थियो।