बैंकिङ्ग क्षेत्रमा तरलता फालाफाल, एकैपटक १ खर्ब १० अर्ब उठाउँदै


काठमाडौं – बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएको छ । बैंकिङ्ग प्रणालीको तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले लगातार रुपमा निक्षेप खिच्दै आइरहेको छ । सोही क्रममा केन्द्रीय बैंकले आज एकैपटक १ खर्ब १० अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

केन्द्रीय बैंकले फागुन १७ गते ८७ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेप ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १३ गते हुनेछ ।

यस घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेश गर्न सक्नेछन् । यस निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ ।