काठमाडौं – नेपाली शेयर बजारमा लगातार चौथो दिन सुधार देखिएको छ। यो साता सोमबारदेखि बढेको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) आज पनि बढेर बन्द भएको हो। आज नेप्से परिसूचक ६ दशमलव ०३ अंकले बढेर २,६५४ को विन्दुमा कायम भएको छ। आज १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३२ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आँखुखोला जलविद्युतको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। एसवाई प्यानलको १५ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । हिम स्टार ऊर्जाका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८२ का इकाईधनीले गुमाएका छन्। आज यसका इकाईधनीले ३ दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन्। यसदिन निर्जीवन बीमा समूह र फाइनान्स समूहको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। निर्जीवन समूहको १.०९ प्रतिशत र फाइनान्स समूहको ०.७१ प्रतिशतले शेयर मूल्य बढेको छ। आज ४ उपसूचक भने ओरालो लागेको देखिएको छ।



About Us
प्रतिक्रिया