बैंकहरुको मुद्दति निक्षेपमा ६.३४ अर्ब लगानी गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ६ अर्ब ३४ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको ६ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएकाे हो।

यसका लागि फागुन १७ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब ७ करोड ३५ लाख करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९५ करोड १२ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३१ करोड ७० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

उक्त लगानी सन् २०२६ मार्च १३ देखि २०२७ फेब्रुअरी १३ सम्म, ३६६ दिनको अवधिका लागि हुने राष्ट्र बैंकले जनाएको छ।