सामान्य बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुलय तोलामा ६ सय रुपैयाँले बढेको हो यससँगै आज सुन तोलामा ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको छ।

हिजो पनि सुन प्रतितोला सुन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो।

आज चाँदी तोलामा ५ हजार ७२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ७१५ रुपैयाँमा किनबेच भएको थियो।