काठमाडौं – पछिल्लो समयमा आफैँ अनियन्त्रित भई सवारीसाधन दुर्घटना हुने क्रम बढेको छ। चालु आवको तीन महिनामा (मङ्सिर, पुस र माघ) मात्रै ८ हजार ४ सय २२ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरीको तथ्यांक छ। देशभर दैनिक रूपमा सवारी दुर्घटनाका घटना बढ्दै गएका छन्। ट्राफिक प्रहरीका अनुसार राजमार्गदेखि सहरी सडकसम्म साना–ठुला दुर्घटनाको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।
अत्याधिक गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति, सवारी साधनको प्राविधिक कमजोरी तथा सडकका अवस्थाका कारण दुर्घटना दुर्घटना बढी रहेको उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदी बताउँछन्। गत आर्थिक वर्ष ०८१/८२ मा २८ हजार ६९२ वटा सवारी साधन दुर्घटनामा परेका थिए। यो पछिल्लो १० वर्षयताकै ठुलो आँकडा हो।

त्यस्तै, आव २०७२/७३ मा १० हजार, आव ०७३/७४मा १० हजार १७४, आव ०७४/७५ मा १० हजार ९ सय, आव ७५/७६मा १३ हजार ३ सय, ०७६/७७ मा १५ हजार ५सय, ०७७/७८मा २० हजार ६ सय, ०७८/७९ मा २४ हजार ५ सय, ०७९/८०मा २३ हजार ५ सय, ०८०/८१ मा २२ हजार ९सय र चालु आव २०८२/८३ माघसम्ममा १९ हजार ३०५ सवारी साधन आफै अनियन्त्रित भई दुर्घटनामा परेका छन्। भने यस वर्षको गत तीन महिनामा नै ८ हजार ४२२ वटा सवारी साधन आफै अनियन्त्रित भई दुर्घटनामा परेका छन्।
गत तीन महिनामा मात्र आफै सवारी अनियन्त्रित भई ८ हजार ४२२ वटा सवारी साधन दुर्घटनामा परेको छन्। प्रहरीको तथ्यांकका आधारमा दैनिक ६ जनाको दुर्घटनाका कारण मृत्यु हुने गरेको छ। कुनै सवारी साधन दुर्घटना हुँदा आफै अनियन्त्रित भई दुर्घटनामा पर्ने गरेका छन्। कुनै सवारी साधन दुई तीन वटा सवारी आपसमा ठोकिएर दुर्घटनामा पर्ने गरेको प्रवक्ता सुवेदी बताउँछन्।
नेपाल प्रहरीको तथ्यांकअनुसार मंसिरमा २ हजार ९९७ वटा, पुसमा २ हजार ७५६ वटा र माघमा २ हजार ६६९ वटा सवारी साधन दुर्घटनामा परेका परेका छन्। प्रहरीकाअनुसार डोजर, लोडर, काभेटर, टिपर, ट्रंक, माइक्रो, जिप, कार, टेम्पो, टयक्टर, मोटरसाइकललगायतका सवारी सधान दुर्घटनामा पर्ने गरेका छन्।
दुर्घटनाका घटना
पछिल्ला समयमा बढ्दै गएको सवारी दुर्घटनाका कारणले गर्दा सवारी साधन नष्ट हुने सम्मका अवस्था समेत सिर्जना हुने गरेको छ। आज (फागुन ११)मा धादिङ बस दुर्घटनामा हुँदा १९ जनाको ज्यान गएको छ। बसमा सवार ४४ जनामध्ये २७ जनालाई उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पताल पठाइएको थियो। उपचारका क्रममा २ जनाको निघन भएको हो भने बाँकी १७ जनाको घटना स्थलमा नै निधन भएको थियो। सडकबाट करिब ३ सय मिटर तल खसेको बस त्रिशूली किनारको ढुंगामा बजारिएर क्षतविक्षत भएको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस गए राति करिब एक बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा परेकाहरूलाई रातिको समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय याफ्टिङ व्यवसायीले उद्धार गरेका थिए। घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरूलाई करिब एक किलोमिटर तलसम्म र्पुयाएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो।
साथै, गत वर्षको असारमा पनि चितवनको भरतपुरको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकखण्डमा दुई वटा बस दुर्घटनामा परेका थिए। विशेष गरी पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ लगायतका व्यस्त राजमार्गमा दैनिक जसो सवारी ठोक्किने, बस पल्टिने तथा मोटरसाइकल दुर्घटनाका घटना भइरहेका छन्। यी त केही घटनाका उदाहरण मात्रै हुन्। यस्ता घटना पछिल्लो समयमा दैनिक जसो हुने गरेको प्रहरीले जनाएको छ।
गत महिनामा उपत्यकामा ५७७ वटा सवारी दुर्घटना काठमाडौं उपत्यका कार्यालयको तथ्यांकमा मात्र माघमा ५७७ वटा सवारी दुर्घटनामा भएको छ। बढ्दै गएको दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पुसमा ट्राफिक सप्ताह– २०८२ पनि आयोजना गरेको थियो। प्रहरीले मात्र नभएर सवारी चालक र सडकमा अवात जावत गर्ने यात्रुले समेत ट्राफिक नियमको कार्यान्वयन गर्दा दुर्घटनाका घटनामा कमी आउने प्रहरी अधिकृतहरू बताउँछन्। महानिरीक्षक दान बहादुर कार्कीले बढ्दो सहरीकरणसँगै नेपालमा सवारी साधनको चाप बढेको र यसले सवारी दुर्घटनाको संख्यामा पनि वृद्धि हुँदै गएको बताए।

सडक प्रयोगकर्ताहरू स्वयंले ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिँदै सडक सुरक्षाको लागि सबै सरोकारवालाहरूबीच आपसी समन्वय र सहकार्य समेत आवश्यक रहेको उनी बताउँछन्। कार्कीले ट्राफिक व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै यस कार्यमा खटिने ट्राफिक प्रहरीलाई जनस्तरबाट प्राप्त सहयोग र सद्भाव महत्त्वपूर्ण रहेको बताए। उनले गोष्ठीबाट हासिल ज्ञान र अनुभवले ट्राफिक प्रहरीको व्यावसायिक क्षमता, विश्लेषणात्मक सोच, निर्णय क्षमता तथा नेतृत्व विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
साथै, उपत्यकाभित्र पनि ट्राफिक नियम उल्लङ्घनका कारण दुर्घटनाका घटनाहरू हुने गरेका छन्। सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीका साथ साथै सडकको गुणस्तर, सडकको क्षमता, सवारी साधनको गुणस्तर, सवारी चालक र अन्य समुदायको चेतना र आचरणको ठुलो भूमिका रहने प्रहरी बताउँछन्।
सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल पर्ने
प्रहरीको तथ्यांक हेर्दा दुर्घटनामा सबै भन्दा बढी मोटरसाइकलहरू पर्ने गरेका छन्। गत तीन महिनाका अवधिमा ७ हजार २९६ वटा मोटरसाइकलहरू दुर्घटनामा परेका थिए। त्यसपछि कार र जिपहरू दुर्घटनामा पर्ने गरेको प्रहरीले जनाएको छ। तीन महिनाको अवधिमा १ हजार ९३८ वटा कार र जिपहरू दुर्घटनामा परेका थिए । दुर्घटनाका कारणले सवारी क्षति धेरै हुने गरेको छ। साथै, मानवीय क्षति पनि हुने गरेको हो। मंसिरमा २ हजार ९९७ वटा, पुसमा २ हजार ७५६ वटा र माघमा २ हजार ६६९ वटा गरी जम्मा ८ हजार ४२२ वटा सवारी दुर्घटनामा परेको प्रहरीको तथ्यांकमा उलेख्य गरिएको छ।
दुर्घटना गर्नेलाई कस्तो सजाय ? सवारी साधन प्रयोग गरी ज्यान मार्ने मनसायले ठक्कर दिई मानिसलाई चोट पु¥याएको आरोपमा प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (१) अन्तर्गत मुद्दा दर्ता गर्ने गरेको छ। उक्त ऐनअनुसार, ज्यान मार्ने मनसाय लिई सवारी चलाएर किच्ने, ठक्कर दिने वा अन्य किसिमले दुर्घटना गराई सवारीभित्र वा बाहिर रहेका व्यक्तिलाई चोट पु¥याउने कार्य दण्डनीय कसुर मानिने बताइएको छ। यस कसुरमा ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ।
साथै, दफा १६२ मा लापरबाही गरी सवारी चलाई किची, ठक्कर दिई वा सवारी ३ वर्षदेखि १० वर्षसम्म कैद र दुर्घटना गराई मानिस मारेको सम्बन्धी कसुर ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। साथै, बदनियतसाथ सवारी चलाई किची, ठक्कर दिई वा दुर्घटना गराई ३ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। मानिसलाई अङ्गभङ्ग गराएको सम्बन्धी कसुरमा ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।



About Us
प्रतिक्रिया