काठमाडौं – नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ८८ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो ।
यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १० गते हुने केन्द्रीय बैंकले जनाएको हो । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेस गन सक्नेछन् ।
निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । केन्द्रीय बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने बताएको छ । निक्षेप संकलन गरिएकोरकम सम्बन्धित बोलवालाको लगानी एयचतायष्यि हुनेभएकोलेसोरकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन ।



About Us
प्रतिक्रिया