२१ अंकले बढ्यो शेयर बजार, १३ वटै उपसूचकमा हरियाली

‘वाणिज्य बैंक समूहमा ०.३० प्रतिशतको वृद्धि’


काठमाडौं – आज शेयर बजार बढेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१ दशमलव ६२ अंकले बढेर २,६३८ को विन्दुमा कायम भएको छ। आज २१३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३२८ कम्पनीको ९३ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २३ करोडको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै एसवाई प्यानलको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आँखुखोला जलविद्युतको २४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। राधि विद्युत कम्पनीको १६ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ९ दशमलव ३१ प्रतिशत, हिमालयन पावरकाले ९ दशमलव १५ प्रतिशत, सागर डिष्टिलरीकाले ८ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन्।

आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ५८ प्रतिशतका दरले गुमाएका हुन्। यसदिन १३ वटै उपसूचकमा हरियाली देखिएको छ। मंगलबार वाणिज्य बैंक समूहको ०.३० प्रतिशत, विकास बैंक समूहको १.११ प्रतिशत, फाइनान्स समूहको ०.६४ प्रतिशत, होटल तथा पर्यटन समूहको २.०२ प्रतिशतले बढेको हो।