काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गर्ने उद्देश्यले सञ्चालक समिति डाकेको छ। गभर्नर प्राडा विश्वनाथ पौडेलले साँझ साढे पाँच बजे सञ्चालक समिति बोलाएको एक सञ्चालकले जानकारी दिए।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको लागि मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मूलभूत उद्देश्यका साथ केन्द्रिय बैंकले आर्थिक वर्ष २०५९/६० देखि मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ। यस श्रृङखलामा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति चौबिसौं हो।
बैंकहरूको ब्याजदर न्युनतम दरमा आइसकेको र बजारमा माग बढ्न नसकेको अवस्था मौद्रिक नीतिको समीक्षाले के कस्ता परिवर्तन ल्याउँछ भन्ने सरोकारवालाको चासो छ।



About Us
प्रतिक्रिया