काठमाडौं – नेपाल बीमा प्राधिकरणले बैंकहरुको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । प्राधिकरणले विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
प्राधिकरणले आफुसँग भएको बैंक मौज्दात लगानी नीति अनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकोले इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरेर दरभाउपत्र पेस गर्न भनेको हो । प्राधिकरणले ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ भने पेश भएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले मुद्धति निक्षेपमा लगानी गर्ने रकम भने उल्लेख गरेको छैन ।
मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम ब्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा नोक्सानको अवस्था, बैंकको निष्कृय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, बैंक स्थापना भएको वर्ष, पूँजी पर्याप्तता कोषको विवरण खुल्ने कागजातसहति बोलपत्र पेस गर्नुपर्नेछ ।



About Us
प्रतिक्रिया