काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि २० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ।
संस्थाले बिसनदेव मण्डल गन्गाईको नाममा रहेको ८ हजार कित्ता, निरज पाख्रेलको नाममा रहेको १२ हजार ४ सय कित्ता गरी कुल २० हजार ४०० सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। संस्थाले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थाको विद्यमान संस्थापक शेयरधनीलाई दिने जनाएको छ।
सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र केन्द्रिय कार्यालय कटहरी–२ मोरङ्गमा निवेदन दिन पर्नेछ।



About Us
प्रतिक्रिया