मानुषी लघुवित्तको संस्थाको शेयर बिक्रीमा


काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक समुहको ६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो। सो शेयर खरिदका लागि जो कोही व्यक्ति संस्थाले खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

सो शेयरको न्युनतम मूल्य प्रति शेयर २९५ रुपैयाँ तोकिएको छ जसमा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल पेश गर्नु पर्नेछ।

सो शेयर खरिद गर्न इच्छुकले फागुन १७ गतेभित्र लेखनाथमार्ग, ठमेल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।सो शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।