बालेनको बाचापत्रः झापा-५ का सुकुमवासीका लागि ‘१०० दिनमा आयोग, हजार दिनमा समाधान’

'झापा-५ बाट निर्वाचित भए यी काम गर्ने बालेनको बाचा'


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका छन्। रास्वपाबाट झापा-५ मा उम्मेदवार रहेका शाहले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन्। उनले मुख्य ९ वटा प्रतिबद्धता जनाएका छन्।उनले भूमि व्यवस्थापन गर्न १०० दिनमा आयोग बनाउने र एक हजार दिनमा समस्याको समाधान गर्ने बाचापत्रमा उल्लेख गरेका छन्।

‘झापा-५ का भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्य सम्पन्न गरिनेछ,’ शाहको बाचा पत्रमा उल्लेख छ।

त्यस्तै, बाँझो जमिन सदुपयोग गर्नका लागि उनले ‘ल्याण्ड बैंक’ को व्यवस्था गर्ने पनि उल्लेख गरेका छन्।