काठमाडौं – नेपाल राष्ट्र बैंकले यही साता चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी शुक्रबारसम्ममा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गर्नुपर्ने यवस्था छ । सोहि व्यवस्थाअनुसार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १५ गतेभित्र ल्याउनुपर्ने छ ।
राष्ट्र बैंक मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा जुटिरहेको समयमा विभिन्न व्यवस्थामा केन्द्रीय बैंकले दिनुपर्ने सहुलियत मौद्रिक नीति र पहिलो समिक्षामार्फत नै दिइसकेको भन्दै यसपटक भने धेरै व्यवस्थामा हेरफेर हुन नसक्ने बैंकरहरुको अनुमान छ ।



About Us
प्रतिक्रिया