पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु


काठमाडौं – काठमाडौंको पेप्सीकोलामा बसबाट खसेर एक वृद्धको भएको छ। काठमाडौं महानगरपालिका–३२ पेप्सिकोला छाप्रो चोक नजिक सडकमा जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा ४ ख ५७५४ नम्बरको बसबाट खसेर दोलखाको चरिकोट घर भएकी ६५ वर्षीया रामकुमारी भुजेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा आज अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।