काठमाडौं – काठमाडौं महानगर क्षेत्रसँग जोडिएको तारकेश्वर नगरपालिका–९ मा आइतबार एक घरभित्र चितुवा पसेपछि दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्थानीय बासिन्दाको घरमा पसेको चितुवाले आक्रमण गर्दा दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका हुन्। महर्जनको टाउको र हातमा सामान्य चोट लागेको छ भने वाग्लेको हातमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते हुने महर्जन र वाग्लेकाे बाँया हातमा चोट लागेको छ। महर्जन शुभम् अस्पताल मनमैजु लोकतान्त्रिक चोकमा उपचार्थ रहेका छन्, भने वाग्ले नेपाल आर्मि अस्पताल छाउनीमा उपचार्थ रहेका छन्।



About Us
प्रतिक्रिया