यी हुन् आज नेप्सेमा सर्वाधिक कमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.५९ अंकले घट्दा समेत ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज सर्वाधिक कमाउनेमा सालापा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स्, कालिका लघुवित्त वित्तीय संस्था, मन्जुश्री फाइनान्स र सुपर मादी हाइड्रोपावर रहेका छन्।

जसमा, सालापा विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स्को ९.२६ प्रतिशत, कालिका लघुवित्त वित्तीय संस्थाको ५.१७ प्रतिशत, मन्जुश्री फाइनान्सको ४.४२ प्रतिशत र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले ४.१६ प्रतिशतका दरले कमाएका छन्।

त्यसैगरी, आज बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.९२ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, रिदि पावर कम्पनीको ८.३३ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, आँखुखोला जलविद्युतका लगानीकर्ताले ८.३३ प्रतिशतका दरले गुमाएका छन्।

यससँगै, आज आँखु खोला जलविद्युत सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६३ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिदि पावर कम्पनीको ३७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। एसवाई प्यानल नेपालको ३१ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।