काठमाडौं – यूनाइटेड मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सो लाभांश बिद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा वितरण गरिने कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया