आज ५६ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन ३ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य तोलामा ३ हजार ७५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार चाँदी तोलाको ५ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।