काठमाडौं – नेपाली काँग्रेसले विद्यालय तहदेखि नै शेयर बजार र वित्तीय व्यवस्थापन सम्बन्धी शिक्षालाई पाठ्यक्रममा समावेश गरी धितोपत्र बजारलाई देशव्यापी रूपमा विस्तार घोषणा गरेको छ। काँग्रेसले घोषणापत्र सार्वजनिक गर्दै धितो पत्र बोर्डलाई पूर्ण स्वायत्त बनाउँदै नेप्से र सिडिएससीको संरचनागत सुधार गरी राफसाफ प्रणालीलाई विश्व स्तरीय बनाउने समेत घोषणा गरेको हो।
त्यस्तै, काँग्रेसको घोषणापत्रमा एनआरएन र आम नागरिकलाई मोबाइल एपमार्फत पुँजी बजारमा सहजै जोड्ने, भित्री कारोबार र अस्वाभाविक चलखेल रोक्ने, अत्याधुनिक निगरानी प्रणाली लागु गर्ने र साना लगानीकर्ताको संरक्षण कोष खडा गर्नुका साथै साना तथा मझौला उद्योगलाई छुट्टै विकास गर्ने, समेतको कुरालाई घोषणा पत्रमा उल्लेख गरेको छ।
साथै, ‘वैदेशिक रोजगारीमा रहेका नेपाली, गैरआवासीय नेपाली र आम नागरिकलाई मोबाइल एपमार्फत पुँजी बजारमा सहजै जोड्ने नीति कार्यान्वयन गछौं‘ काँग्रेसको घोषणा पत्रमा उल्लेख गरेको छ।



About Us
प्रतिक्रिया