रिलायन्स फाइनान्सको कम्पनी सचिवमा आचार्य नियुक्त


काठमाडौं – रिलायन्स फाइनान्सको कम्पनी सचिवमा रामहरि आचार्य नियुक्त भएका छन्। यस संस्थाको उप प्रमुख कार्यकारी अधिकृत रहँदै आएका आचार्य सो पदमा नियुक्त हुने भएका हुन्।

संस्थाको फागुन ५ गते बसेको सञ्चालक समितिको बैंकको निर्णयले सो पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।