‘वर्षौँदेखि रोकिएको गैर–आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज तर्जुमा गर्ने’


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको घोषणापत्रमा वर्षौँदेखि रोकिएको गैर–आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज तर्जुमा गर्ने बताएको छ। वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याएर त्यसका लागि पब्लिक वेयर हाउजिङ ऐन जारी गर्ने उक्त घोषणापत्रमा उल्लेख गरेको छ।

त्यस्तै, विभिन्न किसिमका फण्ड, डेरिभेटिभ बजार तथा जोखिम व्यवस्थापन उपकरणहरूको विकास पुँजी बजारलाई आधुनिक र विविध कृत बनाइने बताइएको छ। घोषणापत्रका अनुसार, साना लगानीकर्ताहरूको हित रक्षाका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्नुका साथै सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको पारदर्शिता र सुशासन सुनिश्चित गर्न स्वचालित रिपोर्टिङ प्रणाली’ अनिवार्य गरिने बताइएको छ। 

साथै, पुँजी बजारलाई केवल काठमाडौं केन्द्रित नबनाई डिजिटल माध्यमबाट देशैभरका नागरिक र युवा पुस्ताको सहज पहुँच पुर्‍याउँदै यसलाई देशको अर्थतन्त्रको वास्तविक ऐना र पुँजी निर्माणको प्रमुख आधारका रूपमा विकास गरिने बताइएको छ।