‘वायुसेवा निगमलाई राजनीतिक भागबन्डा र हस्तक्षेपबाट मुक्त गराउने’


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल वायुसेवा निगमलाई राजनीतिक भागबन्डा र हस्तक्षेपबाट मुक्त गराउने घोषणा गरेको छ। रास्वपाले आगामी चुनावको लागी वाचापत्र सार्वजनिक गर्दै निगमलाई राजनीतिक भागबन्डा र हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गराउने घोषणा गरेको हो।

रास्वपाले सञ्चालन र व्यवस्थापनको जिम्मेवारी खुला प्रतिस्पर्धाबाट छानिएको व्यावसायिक टोलीलाई सुम्पिने उल्लेख गरेको छ। यस्तै, निगमको वित्तीय अवस्था सुधार्न सरकारको ५१ प्रतिशत स्वामित्व हुने गरी निजी क्षेत्रको सहभागिता भित्राउने र धितोपत्र बजारमा सुचिकृत गर्ने रणनीति अवलम्बन गर्ने बताएको छ।

यस्तै, नेपाल वायुसेवालाई छिटो, पारदर्शी र भ्रष्टाचार रहित प्रक्रियाबाट जहाज लीजमा लिएर बजारले धान्नेसम्म उडान सङ्ख्या बढाउन थप जहाजको खरिद प्रक्रिया अगाडि बढाउने बताएको छ।