काठमाडौं- नेपाली काँग्रेसले करका दर हेरफेर गर्ने नीति अंगाल्ने भएको छ। आगामी निर्वाचन केन्द्रीत घोषणापत्र सार्वजनिक गर्दै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले करको दर हेरफेर गर्ने घोषणा गरेका हुन्।
उनले आज घोषणापत्र सार्वजनिक गर्दै १० लाख रुपैयाँ प्रतिवर्ष आम्दानी गर्नेहरुलाई शून्य कर नीति लिने उनको भनाई छ। यस्तै, थापाले व्यक्तीगत आयकरको सिमा सबैभन्दा धेरै हुने देशको सूचीमा रहेकाले अधिकतम सिमा २५ प्रतिशतमा झार्ने उद्घोष गरे।
अहिले वार्षिक ४० लाखभन्दा धेरै आम्दानी गरेमा राज्यकोषमा ३९ प्रतिशत कर बुझाउनुपर्छ। यही सिमालाई २५ प्रतिशतमा झार्ने कांग्रेसले नीति लिएको हो। यस्तै, हाल २५ देखि ३० प्रतिशतसम्म रहेको संस्थागत करलाई २० प्रतिशतमा झार्ने थापाले बताए।
कर नीतिलाई सरलीकृत गर्दै लगानी मैत्री बनाउने र मूल्य अभिवृद्धि करमा आबद्ध गराउने कांग्रेसको नीति छ। यसले विश्वभरमा फैलिएका नेपालीहरुले देशमा लगानीका लागि फर्किने र उनीहरुको लगानी वातावरण देखेर विश्वभरबाट विदेशी लगानी नेपालमा आउने कांग्रेसको बुझाई छ।



About Us
प्रतिक्रिया