राष्ट्रिय वाणिज्य बैंकले घर र विद्युतीय सवारी कर्जा ७.३% ब्याजदरमा दिने

राष्ट्रिय वाणिज्य बैंकले घर र विद्युतीय सवारी कर्जा ७.३% ब्याजदरमा दिने


बैकिङ्ग समाचार । 
राष्ट्रिय वाणिज्य बैंकले घर कर्जामा १० वर्षका लागि ७.३ प्रतिशतदेखि ७.८ प्रतिशतसम्म र १५ वर्षका लागि ७.८ प्रतिशतदेखि ८.३ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंक गाडी कर्जामा आधार दरमा थप बढीमा ३.२५ प्रतिशतसम्म, विद्युतीय सवारी साधन कर्जामा १.५० प्रतिशतसम्म थप ब्याजदर लिन पाउने गरी निर्धारण गरेको छ ।

बैंकले कर्जातर्फ घर कर्जामा न्यूनतम ७.३ प्रतिशतदेखि अधिकतम ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले घर कर्जातर्फ ५ वर्षसम्मका लागि ७.३ प्रतिशतदेखि ७.८० प्रतिशतसम्म र १० वर्षका लागि ७.८० प्रतिशतदेखि ८.३ प्रतिशतसम्म र १५ वर्षका लागि ८.३ प्रतिशतदेखि ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

त्यसैगरी निक्षेपतर्फ मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशतदेखि ७.२५ प्रतिशत र संस्थागत ५ प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले आधार दर ५.८ प्रतिशत निर्धारण गरेको छ ।