काठमाडौं – नेकपा एमालेले गर्भवती महिलाको ५ लाखको निःशुल्क जीवन बीमा गर्ने घोषणा गरेको छ। एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै गर्भवती महिलाको ५ लाखको निःशुल्क जीवन बीमा गर्ने घोषणा गरेको हो।
एमालेले महिला उद्यमशीलता विकास गर्न बैंक तथा वित्तीय संस्थामार्फत् २० लाखसम्मको उद्यमी महिला निव्र्याजी ऋण सुविधा सहजढंगले प्रदान गर्ने घोषणा गरेको छ। यस्तै व्यवसाय र ऋणको निःशुल्क बीमा व्यवस्था गर्ने प्रतिवद्धता समेत एमालेको छ।
गर्भवती महिलालाई सुत्केरी हुनुअघि र पछि स्वास्थ्य परीक्षण गर्न प्रदान गरिम्दै आएको घरदेखि स्वास्थ्य संस्थासम्मको यातायात खर्च दोब्बर गर्ने घोषणा गरेको छ। घट्दो जनसंख्या वृद्धिदरको प्रवृत्ति रोक्न सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार मातृशिशु पोषण भत्ता दिने बताएको छ।



About Us
प्रतिक्रिया