काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि बढ्न आह्वान गरेका छन्।
उनले सामाजिक सञ्जाल मार्फत् प्रजातन्त्र दिवसको शुभकामना दिँदै प्रजातन्त्रको मर्मलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा बताएका हुन्।
‘प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढौं, प्रजातन्त्र दिवसको शुभकामना,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।



About Us
प्रतिक्रिया