काठमाडौं – ४३८ किलो ४३ ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका राम बहादुर मोक्तान र अनिल थिङ रहेका छन्।
प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा भीमफेदी गाँउपालिका–२ चुनिया स्थित त्रिभुवन राजपथ नजिक भित्री सडक खण्डमा बोलेरो गाडी र मोटरसाइकललाई रोकी खानतलासी गर्ने क्रममा बोलेरो गाडीको पछाडि ढाला भित्र लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा ४३८ किलो ४३ ग्राम फेला पारेको प्रहरीले जनाएको छ।
उक्त गाँजा तथा बोलेरो गाडी र मोटरसाइकललाई बरामद गरी उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया