झापा इनर्जीको सामूहिक लगानी कोषको साधारण शेयरको लक इन अवधि सकिँदै


काठमाडौं – झापा इनर्जी लिमिटेडको लक इन अवधि आगामी चैत महिनामा समाप्त हुने भएको छ। सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीको कुल २८ हजार ५ सय १४ कित्ता शेयरको लक इन अवधि चैत ७ गते समाप्त हुने भएको हो।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरमध्ये ५% अर्थात् २८,५१४ कित्ता साधारण शेयर सामुहिक लगानी कोषलाई छुट्टाई बाँडफाँड गरे पश्चात् सर्वसाधरणतर्फको शेयर असोज ८ गते बाँडफाँड गरेको थियो।

सामुहिक लगानी कोषहरुको लागि छट्टाइएको साधारण शेयरको लकइन अवधि सर्वसाधारणलाई शेयर बाँडफाँट भएको मितिले ६ महिनामा समाप्त हुने प्रावधान रहेको छ।