नौ लाख उनान्चालिस हजार राजस्व असुली


कर्णाली – सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ।

उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए।

यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उनले दिए। दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए।