काठमाडौं – काठमाडौंको सानो भर्याङस्थित आर्मी मेडिकल कलेज नजिकै सडक खण्डमा एक व्यक्तिले चलाइरहेको मोटरसाइकललाई हतियार देखाइ मोटरसाइकल लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका अनिस सोनाम र रसुवाका राजन तामाङ रहेका छन्।
उनीहरू बागमती प्रदेश ०२–०२६ प ५३१० नम्बरको मोटरसाइकललाई रोकी धारिलो हतियार देखाई ज्यान मार्ने धम्की दिई उक्त मोटरसाइकल लिई फरार भएको थिए।
सोही क्रममा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले लुटिएको मोटरसाइकलसहित उनीहरूलाई काठमाडौंको नागार्जुन नगरपालिका– २ तीनघरेबाट पक्राउ गरेको छ।
उनीहरूलाई नियन्त्रणमा लिई डाँका चोरी कसुरमा काठमाडौं जिल्ला अदालतबाट दिन पाँचको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया