इक्रा नेपालद्वारा एनसेललाई दिएको दीर्घकालीन कर्जा सीमाको रेटिङ पुनः पुष्टि


काठमाडौं – इक्रा नेपालले एनसेललाई दिएको दीर्घकालीन कर्जा सीमामा रेटिङ पुनः पुष्टि गरेको छ। इक्रा नेपालले एनसेललाई दीर्घकालीन कर्जा सीमामा दिएको आईसीआरए एनपी एल ए रेटिङ पुनः पुष्टि गरेको हो।

यसैगरी, इक्रा नेपालले कम्पनीको अल्पकालीन कर्जा सीमामा दिइएको आईसीआरए एनपी ए वन रेटिङ पनि पुनः पुष्टि गरेको छ। इक्राले रेटिङ पुनः पुष्टि गर्दा कम्पनीको बलियो वित्तीय अवस्थालाई मुख्य आधार मानेको छ।

इक्राकाअनुसार कम्पनीको पूँजीगत खर्च सम्बन्धी ऋणदाताबाट प्राप्त विस्तारित क्रेडिट सहयोगका कारण कम्पनीको तरलता अवस्था पनि सहज रहेको छ।