काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.७५ अंकले घटेसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। आज सर्वाधिक गुमाउने कम्पनीहरुमा सुपर माई हाइड्रोपावर, सिटिजन्स सन्तुलित योजना, अपर स्याङ्गे हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र नेशनल हाइड्रोपावर रहेका छन्।
जसमा सुपर माई हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, सिटिजन्स सन्तुलित योजनाको ८.३० प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावरको ७.०१ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ६.७१ प्रतिशत र नेशनल हाइड्रो पावरको ५.२६ प्रतिशतका दरले गुमाएका हुन्।
त्यस्तै, सबैभन्दा बढी सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ९.६४ प्रतिशतका दरले कमाएका छन्। बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ८.३९ प्रतिशतका दरले कमाएका छन्।
त्यसैगरी, आज सबैभन्दा बढी रिदि पावर कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको आज ५३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युतको ४५ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। ङादी ग्रुप पावर लिमिटेडको ३१ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।



About Us
प्रतिक्रिया