काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.७५ अंकले घटेर बजार २६ सय ४२ दशमलव १५ को विन्दुमा बन्द भएको छ।
आज ३५४ कम्पनीको ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने २ करोड ५ लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी रिदि पावर कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको आज ५३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युतको ४५ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आाज सबैभन्दा बढी सालापा विकास बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ९.६४ प्रतिशतका दरले कमाएका छन्।
त्यस्तै, सुपर माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया