सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


काठमाडाैं – आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोल भने बढेको छ। सोमबारको तुलनामा आज सुन तोलामा ९०० रूपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० रुपैयाँ तथा एक तोला चाँदीको मोल चार हजार ८८५ रुपैयाँ निर्धारण भएको छ।

हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० रुपैयाँ तथा एक तोला चाँदीको मोल चार हजार ८६० रुपैयाँ निर्धारण भएको छ।

साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० रुपैयाँ र त्यति नै चाँदी चार हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।