काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ३ लाख ५ हजार ८ रुपैयाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदी पनि घटेको छ। यससँगै आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर ४ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया