सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला छापावाल सुन ३ लाख ५ हजार ८ रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको मूल्य तोलमा ३ हजार रुपैयाँले घटेको थियो।

यो दिन प्रतितोला सुन ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर ४ हजार ९८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार रुपैयाँमा कारोबार भएको थियो।