साताको सुन: ३ हजार रुपैयाँले बढ्यो मूल्य


काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढ्दै  प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भयो। आइतबार बढेको सुनको मूल्य सोमबार ४ हजार १ सय रुपैयाँले बढ्दै ३ लाख ४ हजार ६ सय रुपैयाँ पुग्यो।

आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य मंगलबार र बुधबार पनि बढ्यो। मंगलबार तोलामा ९ सय रुपैयाँले बढ्दै ३ लाख ५ हजार ५ सय रुपैयाँ र बुधबार १ हजार १ सय रुपैयाँले बढ्दै ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भयो।

यो साताको बिहीबार र शुक्रबार भने सुनको मूल्यमा गिरावट देखियो। बिहीबार तोलामा १ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भयो। यस्तै, शुक्रबार ३ हजार रुपैयाँले घट्दै ३ लाख ३ हजार ५ सय रुपैयाँमा ओर्लियो। समग्रमा यो साता सुनको मूल्य ३ हजार रुपैयाँले बढ्यो।