काठमाडौं – स्थानीय बजारमा आज एक तोला सुनको मोल तीन लाख तीन हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, बुधबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २९० रुपैयाँ कायम भएको थियो।
गत मङ्गलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २४० रुपैयाँ कायम भएको थियो। गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ६५ र त्यति नै चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



About Us
प्रतिक्रिया