काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अमृत लम्साललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएकि छिन्।
नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्ष तोकेको हो।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लगायत पदाधिकारीहरू उपस्थित थिए।



About Us
प्रतिक्रिया