पाल्पा सिमेन्टले सर्वसाधारणका लागि फागुन १२ गतेदेखि आईपीओ खुलाउने


काठमाडौं – पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

जसमध्ये १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो। त्यस्तै, कम्पनीले २ लाख ८१ हजार २५० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरूका लागि र २ लाख ८१ हजार २५० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि बाँडफाँट गरेको छ।

अब कम्पनीले बाँकी रहेको ४५ करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।