साल्ट ट्रेडिङको लाभांश घोषणा


काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ। माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो।

बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १६ लाख ३ हजार ५८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ।