तोलामा एक सयले घट्यो सुनको मूल्य


काठमाडौं – स्थानीय बजारमा आज तोलामा १०० रुपैयाँले सुनको मूल्य घटेको छ। चाँदीको मूल्य भने ५० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार ३४० रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २९० कायम भएको थियो। गत मङ्गलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० ४ दिनमा १५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, आज १ सय रुपैयाँले घट्यो र एक तोला चाँदीको मोल पाँच हजार २४० रूपैयाँ कायम भएको थियो।

गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० रूपैयाँमा खरिदबिक्री भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।