यूएई – फरेन एक्सचेञ्ज एण्ड रेमिट्यान्स ग्रुप (फर्ज) का अध्यक्ष ओसामा अल रहमा संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने ‘बैंकिङ्ग, फिनटेक एण्ड रेमिट्यान्स डिस्कोर्श, २०२६’मा ‘कि नोट स्पिकर’कारुपमा आउने भएका छन्। फर्ज यूएईमा अवस्थित एक्सचेञ्ज हाउसहरु र रेमिट्यान्स कम्पनीहरूको छाता संगठन हो।
यही वर्ष सन् २०२६ को र्माच ३१ र अप्रिल १ मा बैंकिङ्ग समाचारको आयोजनामा दुई दिने डिस्कोर्श आयोजना हुँदैछ। सो डिस्कोर्शमा यूएईको फर्जका अध्यक्ष ओसामा मूख्य वक्ताकारुपमा उपस्थित हुने भएका हुन्। बैंकिङ्ग समाचारले यूएईबाट नेपालमा मित्रिने रेमिट्यान्सलाई ‘ग्रीन च्यानल प्रमोट’ गर्ने लक्ष्यसहित मिलियनियम प्लाजामा डिस्कोर्श आयोजना गर्दैछ। जसमा यूएईबाट नेपालमा रेमिट्यान्स पठाउने मनि एक्सचेञ्ज हाउसहरुको सहभागिता रहनेछ।
अलअन्सारी, अल फर्दान, जोय लुकास, माई जोय, लुलु एक्सचेञ्ज, एल एम एक्सचेञ्ज, अल अहालिया एक्सचेञ्ज, अल दर एक्सचेञ्ज, सराफ एक्सचेञ्ज, बोटिम, रेमिट्ली, ट्यापट्याप सेन्ड लगायत एक्सचेञ्ज हाउसहरुको सहभागिता रहनेछ। यसबाहेक, फ्याब बैंक, र्याक बैंक, इमिरेट्स एनबीडी लगायत बैंकको समेत सहभागिता रहनेछ।
यही डिस्कोर्शमा फर्ज समूहका अध्यक्ष ओसामा कि नोट स्पिकरकारुपमा आउने भएका हुन्। उनको विशेष प्रस्तुती मार्च ३१ मा रहनेछ। ओसामा अल फर्दान ग्रुपका निर्देशक हुन् भने अल फर्दान एक्सचेञ्ज एलएलसीका प्रमुख कार्यकारी अधिकृत हुन्।



About Us
प्रतिक्रिया