हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६ महिनामा कमायो १ करोड बढी नाफा


काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड बढी नाफा आर्जन गरेको छ। कम्पनीले पुस मसान्तसम्ममा १ करोड ५७ लाख खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ९८ लाख खुद नाफा आर्जन गरेको थियो।

कम्पनीले ६ महिनामा १ अर्ब ८२ करोड कुल बीमाशुल्क आर्जन गरेको छ भने १ अर्ब ३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७८ करोड ८९ लाख खर्चिएको छ। हाल कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २६ पैसा रहेको छ। पुस मसान्तसम्ममा रिटेन्ड अर्निङमा ३० करोड ८४ लाख छ भने अन्य इक्विटीमा ४२ करोड ९२ लाख रहेको छ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रहेको छ भने जगेडा कोषमा ३० करोड ८४ लाख र महाविपत्ति कोषमा १९ करोड २१ लख सञ्चित छ।