काठमाडौं – प्रभु इन्स्योरेन्सको नाफामा सुधार देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ करोड २४ लाख नाफा कमाएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ करोड मात्रै नाफा कमाएको थियो।
कम्पनीले पुससम्ममा ६० करोड २६ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ३० करोड ६२ लाख खुद बीमा शुल्क संकलन गरेको छ। पुससम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १४.४० रुपैयाँ छ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ७० करोड रहेको छ भने महाविपत्ति कोषमा १० करोड ७३ लाख, रिटेन्ड अर्निङमा १९ करोड ९४ लाख र अन्य इक्विटीमा १६ करोड १२ लाख रहेको छ।



About Us
प्रतिक्रिया