काठमाडौं – आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ करोड बढी घाटा ब्यहोरेको छ। कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ करोड ११ लाख घाटा व्यहोरेको हो। जबकी गत आर्थिक वर्षको यही अवधिसम्म भने कम्पनीले १४ करोड ३० लाख नाफा कमाएको थियो।
पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ४६ करोड ४९ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ५७ करोड ६६ लाख खुद बीमा शुल्क संकलन गरेको छ। चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ११.९६ रुपैयाँ ऋणात्मक छ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख रहेको छ भने महाविपत्ति कोषमा ९ करोड ६१ लाख र अन्य इक्विटीमा ५३ करोड ७४ लाख रहेको छ।



About Us
प्रतिक्रिया